पाकिस्तानी गायीका सारा राजा नेपालमा

0
1180

काठमाडौ । पाकिस्तानी गायीका सारा राजा खान काठमाडौ आएकी छिन् । काठमाडौस्थित पाकिस्तान दुतावासले मार्च २३ अर्थात पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको सांगितीक कार्यक्रमा सहभागी हुन उनी काठमाडौ आएकी हुन् । शुक्रबार साझ उनले बौद्धस्थित होटल हायातमा सांगितिक प्रस्तुती दिनेछिन् । राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रममा यसपटकको प्रमुख आर्कषण सारा राजानै हुनेछिन । थुपै भारतिय र पाकिस्तानी गीत गायकी पाकिस्तानी गायीका सारा राजा सुपरहिट गायीका हुन् । पाकिस्तान, भारत, नेपाल तथा हिन्दी गीत सुनिने थुप्रै मुलुकमा उनको फ्यान छन् । नेपाली गीत तथा गजल गाउन निक्कै रुची राख्ने उनी विभिन्न स्टेज शो हरुमा नेपाली गीत समेत गाउने गर्छिन ।

पकिस्तानी गायीका सारा राजाले प्रस्तुति दिने सो कार्यक्रमको नेपाली दर्शक श्रोताहरुलाई निक्कै चासो छ । धेरै पहिला नेपालमा गुलामअलिको उपस्थितीले यस्तो रुप धारण गथ्र्यो । अर्थात गुलामअलि नेपालका निम्ती जानेमाने नाम थिए । पछिल्लो पटक सारा राजालाई निम्त्याएर पकिस्तानी दुताबास गुलामअलीका पुरानो साँस्कृतिक सामिप्यता पुःन कायम गर्न चाहेको बुझिन्छ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाक्कान अब्बासीको नेपाल भ्रमणले नेपाल र पाकिस्तानबिचको राजनीतिक निकटता देखाएकै छ । साँस्कृतिक रुपले साँगीतिक कार्यक्रमको यस आयोजनाले झनै बढी महत्व राख्ने उनै गायीका बताछिन् । सारा राजा भन्छिन् ‘नेपाल र पाकिस्तान बिचको संम्बन्धलाई अझ राम्रो बनाउने संदेश दिने कोसिस हुनेछ ।’

सन २००९ मा .भारतिय च्यानल जि. टिभिको चर्चाीच ईन्टरनेशनल फेन्चाईज शो सारेगामापा मा आफुलाई अन्य प्रतिस्पर्धि भन्दा अब्बल साबित गरेकी हुनी छाटो समयमै लोकप्रिय बनिन् ।
सारा राजा खानको पछिल्लो गीतको भिडीयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here