आइसीसी बिश्वकप छनौटः नेपाल VS अफगानिस्तान, दुबै टोलिलाई जित्नै पर्ने दबाब

0
956

२६ फागुन, काठमाण्डौं । आइसीसी बिश्वकप क्रिकेट अन्तरगत आज नेपाल र अफगानिस्तान आमनेसामने हुँदैछन् । समूह चरणका अहिलेसम्मका कुनै पनि खेल नजितका दुबै टोलीलाई छनौटको सम्भावना कायमै राख्न आजको खेल जसरी पनि जित्नै पर्ने दबाब छ । यद्यपी नेपाल भन्दा एक खेल बढी खेलिसकेको अफगानिस्तान आज बढी दबाबमा देखिनेछ । पाँचवटा टोली सम्मेलित समूह चरणमा एकअर्कासँग खेलिसकेपछि शीर्ष तीन स्थानमा रहने टोलीले सुपरसिक्समा स्थान बनाउँनेछन्। सुपरसिक्समा अर्को समूहसँगका टोलीसँग खेलिसकेपछि शीर्ष दुई स्थानमा रहने टोलीले २०१९ को विश्वकपमा स्थान बनाउँनेछन्। विश्वकप छनोटअघि उत्कृष्ट लयमा रहेको मानिएको अफगानिस्तान पहिलो खेलमा स्कटल्याण्डविरुद्ध ७ विकेट, दोस्रो खेलमा जिम्बावेविरुद्ध २ रन र हङकङविरुद्ध तेस्रो खेलमा बिहीबार ३० रनले पराजित भएसँगै अफगानिस्तानलाई अघिल्लो चरणमा पुग्न नेपालविरुद्ध जितले मात्रै पुग्दैन्। राम्रो रनरेटका साथ अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ। विश्वकप छनोटमा खेल्न जानुअघि अफगानिस्तानले जिम्बावेसँग ५ खेलको वान–डे अन्तर्राष्ट्रिय शृंखला ४–१ ले जितेको थियो।  यता, अघिल्लो महिना नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको नेपालका लागि सुरुवाती लगातार दुई हारपछि सुपरसिक्समा स्थान बनाउँन अफगानिस्तानसँगै हङकङसँगको खेल जित्नैपर्ने दबाब छ। लय गुमाएको अफगानिस्तानसँग हावी हुने मौका नेपाललाई छ।

विगतको अवस्था

नेपाल र अफगानिस्तान सन् २०१५ को विश्कप अघिसम्म एक अर्काका प्रतिस्पर्धी थिए । नेपालभन्दा पछि क्रिकेट खेलेपनि अफगानिस्तानले आफ्नो खेल सुधार्दै विश्कपसम्मको आफ्नो यात्रा तय गरिसकेको अनुभव छ । अफगानिस्तानले एकदिवसीय टोलीको मान्यता पाएपछि नेपालको उसँगको भेट रोकिए पनि यी दुइ टोलिबीच सन् सन् २००४ देखि एकआपसमा भिडन्त भएको छ । अहिलेसम्म भएका प्रतियोगितामध्ये नेपालले सन् २००४ को एसीसी ट्रफि बाहेकका खेल जित्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here