बिकास निर्माणका प्रकियागत जटिलता अन्त्य गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

0
936

१२ फागून, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली बिकास निर्माणका लागि हुने प्रकियागत जटिलताको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलतालाई सरलिकरण गरेर चुस्त र छरितो पारिने बताउनुभएको हो । ‘सरकारी कार्यालयका टेवलैपिच्छे फायल अलमिलिने प्रथा अब अन्त्य हुन्छ’ आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारी कर्मचारीले कुनै नियतबश सर्बसाधारणको काममा ढिलाई गरे त्यसमा पनि उचित छानबिन हुन्छ ।’ बाताबरण बनाउँदा पनि कमिसनखोरीको भरमा लाइसेन्स दिने र लिने तथा समयमै काम नसक्ने बाताबरण अब अन्त्य गर्ने प्रधानमन्त्रीको भनाई छ । उद्योग बाणिज्य संघसँग मिलेर काम गर्न सरकार तयार रहेको बताउँदै ओलीले ब्यवसायीहरुलाई निर्यातजन्य उत्पादनमा जोड दिन आग्रह समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here