डिभिजन टू क्रिकेटः नेपालको विश्वकप छनौट खेल्ने सम्भाबना कायमै

0
917

माघ २८, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेसँगै विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ। जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपालका कप्तान पारस खड्काको अर्ध शतकको मद्दतमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । खड्काले सर्वाधिक ५१ रन प्रहार गरे। आरिफ शेखले १६ रन, रोहितकुमार पौडेलले १२ रन, सोमपाल कामीले १० रन बनाउन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् । युएईका लागि मोहम्मद नावी र अमिर हायातले २-२ विकेट लिए। त्यस्तै रोहन मुस्तफा र सहिमन अनवरको नाममा १-१ विकेट रह्यो। नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिएको थियो। ओसिलो खेल मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा पनि युएई ३१ ओभरमा १ सय १४ रन बनाउँदै अल आउट भयो । उसका लागि सहिमन अनवरले सर्वाधिक ३० रन बनाउँदा एडनन मुफ्तीले १८ रन बनाए भने गुलाम सहबरले १६ रन जोडे। त्यस्तै, मोहम्मद बुटाले १५ रन जोडेका थिए। मोहम्मद नाविद १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर नबनाउँदै पेभेलियन फर्किए । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै  कप्तान पारस खड्काले २ र करन केसीले १ विकेट लिए । अब नेपालले सोमबार केन्या र बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here