भाबि मुख्य मन्त्री टुंगिए

0
1980
तस्बिरःफेसबुकबाट

२६ माघ, काठमाण्डौं । सात प्रदेशमध्ये छ वटामा सरकारको नेतृत्व गर्ने पक्कापक्की देखिएका एमाले माओवादीले ४ स्थानका मुख्यमन्त्री टुंग्याएका छन् । प्रदेश ४ मा सरकारको नेतृत्व गर्ने निश्चित देखिए पनि त्यहाँ कसलाई जिम्मेवारी दिने भन्नेबारे एमालेले टुंगो लगाउन सकेको छैन। यो प्रदेशमा एमाले दुई नेता पृथ्बी सुब्बा गुरुङ र किरण गुरुङले आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।

यो प्रदेश बाहेक शुक्रवार एमालेले आन्तरिक चुनावबाट प्रदेश १ को संसदीय दलको रुपमा शेरधन राईलाई चयन गरेको छ। प्रदेश संसदीय दलमा भएको चुनावमा राईले २६ र प्रतिस्पर्धी भीम आचार्यले २४ मत पाए भने एक मत बदर भएको थियो । प्रदेश ३ मा एमाले संसदीय दलको नेताको रुपमा डोरमणि पौडेल निर्वाचित भएका छन् । यो सँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। उनले अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन्। प्रदेश ५ मा यसअघि नै एमाले संसदीय दलले शंकर पोखरेललाई सहमतिमै नेता चयन गरिसकेको छ। प्रदेश २ मा सरकारको नेतृत्वको दावी गरिरहेको संघीय समाजवादी फोरमले मोहम्मद लालबाबु राउत गद्दीलाई नेता चयन गरिसकेको छ। प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही पार्टीको संसदीय दलको नेता चुनिइसकेका छन् । वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश ६ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिन एमालेले सहमति जनाइसकेको छ। प्रदेश ७ को पार्टी कमिटीले माओवादी केन्द्रका संसदीय दलको नेताको रुपमा त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here