राष्ट्रियसभा चुनावमा ९९.५२ प्रतिशत मतदान, रातभरीमा परिणाम आइसक्ने

0
875

२४ माघ, काठमाडौं । राष्ट्रियसभा चुनावका लागि ६ वटा प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको छ ।

कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ भने मतदान भएन । बाँकी छ वटा प्रदेशका १ हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले मात्र मतदान गरेको आयोगले जनाएको छ । प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ जना मतदातामा प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य ५५० जना मतदातामा प्रत्येकको मतभार ४८ हुने प्रावधान छ । प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । यसैबीच चुनाव लगत्तै शुरु भएको मतगणनाको परिणाम आउने क्रम शुरु भएको छ । यो समाचार तयार पार्दासम्म आएको मतपरिणामको बिबरण यस्तो छ:

प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
पर्शुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)
हरिचरण शिवाकोटी (एमाले)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिलाकुमारी यादव (संसफो)
जितेन्द्र देव (कांग्रेस)
रमेश यादव (राजपा)
सुमन प्याकुरेल (एमाले)
रामप्रित पासवान (संसफो)
वृशेषचन्द्र लाल (राजपा)

प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)

प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस)

प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
रामलखन चमार (एमाले)
राजकुमार कुँवर (माओवादी)

प्रदेश ६
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)

प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here