सँस्कृति बचाउनका लागि तेस्रो देशमा भूटानी सक्रिय

0
1961

एक दिन अघि नै भए पनि पर्व मनाइन्छ

पेन्सिलभेनिया(अमेरिका), माघ ८ गते
नेपाली साँस्कृतिक चाड पर्व तथा धर्म संस्कारको लोप हुन नदिन तेस्रो देशमा रहेका नेपाली भाषी भूटानीहरुले आफूहरुलाई सहज हुने दिनमा भए पनि पर्वहरु मनाउने गरेका छन् ।
यस पटक नेपाली समय अनुसार सोमबार पर्ने श्रीपञ्चमी सरस्वती पूजालाई एक दिन अघि आईतबार सार्वजनिक विदाको अवसर पारेर मनाइएको भूटानी संचारकर्मी डेविड राईले बताउनु भएको छ । भूटानी साँस्कृतिक स्क्र्याटन संस्थाले अमेरिकाको पेन्सिलभेनियामा विशेष तवरले सरस्वतीेका पूजा गर्दै बसन्त पञ्चमी मनाएका छन् । खासगरी विधाका देवी सरस्वतीलाई आराधना गरी विधा र ज्ञान माग्ने हिन्दु धर्ममा आधारित यो पर्वलाई पछिल्लो समय विधार्थी र विद्यासँग सम्बन्धित संघसंस्थाहरुले विधालय र संघसंस्थामा यो पर्व मनाउने गरिएकोछ । 

यता तेस्रो मुलुक पुनर्वास भई सोही स्थानमा स्थापित भएको नेपाली भाषी भूटानीहरुले भने साँस्कृतिक प्रवद्र्धनका लागि भए पनि चाडवर्प र संस्कार सँस्कृतिलाई संरक्षण गर्नु पर्ने अमेरिका बस्दै आउनु भएका अर्का सामाजिक अगुवा चन्द्र सिटौलाले बताउनु भयो ।
स्क्र्याटन संस्थाका संस्थापक अध्यक्ष समेत रहनु भएका सिटालाका अनुसार यस बर्ष आइतवार सार्वजनिक विदा र सवैको फुर्सद भएकाले विशेष तवरले पेन्सिलभेनियामा सरस्वती पूजा गरिएको बताउनु भयो । सामुहिक रुपमा भेला भएका भूटानी समूदायले सरस्वती देवीको फोटोमा फुल अक्षेताले पुजा गरी मनाइएको छ भने पूजामा प्रणामी पण्डित दिलिप लगुनले सरस्वतीको महत्व र पूजाआजबारे प्रवचन समेत दिनु भएको पूजा आयोजक समितिले जानकारी दिएकोछ ।
यता अमेरिकाका अन्य स्थान र नेपाली भाषी भूटानी समूदाय स्थानन्तरण भएका अन्य मूलुकका केही स्थानमा समेत सरस्वती पूजा गरिएको बताइएको छ । यता नेपालको भूटानी शरणार्थी शिविर वेलडाँगीमा नियमि

त सोमबार नै सरस्वती पूजा विधालय विधालयमा गरिएकोछ । पुनर्वास प्रकृयाले जनसंख्या घट्नुले गर्दा विधार्थी संख्या घटे पछि शरणार्थी शिविर भित्र पनि सरसस्वती पूजा पहिलेको जसरी हसोल्लासका साथ हुन नसकेको शिविर व्यवस्थापन समिति सचीव टिकाराम रसाईलीले बताउनु भयो ।
यो पर्वलाई नेपालमा खासगरी शिक्षासँग सम्बन्धित विधालय, संघसंस्था, कला, साहित्य क्षेत्रका समूहहरुले मनाउने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here