इटहरी गोल्डकपः भूटानको डुक युनाइटेडको लज्जास्पद हार, नेपाली सेना ५ –० ले बिजयी (भिडियो सहित)

0
1532

काठमाण्डौं, ८ माघ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सुनसरीको इटहरीमा जारी इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आर्मीले पाहुना टोली डुक युनाइेट एफएसी भुटानविरुद्ध शानदार जित हात पार्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।

इटहरीको क्षेत्रीय रंगशालामा भएको खेलमा भर्खरै खप्तड गोल्डकप जितेर आएको आर्मीले भुटानलाई शुन्यकाविरुद्ध ५ गोल गर्दै शानदार विजयी हासिल गरेको हो । आर्मीका तर्फबाट दिनेश हेमजन र  पदम तामाशङले २/२ गोल गरे भने टंक बस्नेतले १ गोल गरे ।

आर्मीका अगाडि अत्यन्तै निरीह बनेको भुटानले आर्मी विरुद्ध गोल गर्ने प्रयास गरे पनि गोल गर्न भने सफल भएन । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेमजन घोषित भए । उनले नगद १० हजारसहित प्रमाणपत्र हात पारे । भोलिको  अन्तिम सेमी फाइनल खेल आयोजक राष्ट्रिय जागृत क्लब इटहरी र पाहुना टिम गरिफा स्र्पोटिङ्ग क्लब कोलकत्ता, भारतबीच हुने आयोजकले जनाएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here