बलिउड स्टार सलमान खान नेपाल आउँदै

0
916

३० पौष, काठमाडौं । बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । उनि २ महिनापछि सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अन्तर्गत ३ दिनका लागि नेपाल आउन लागेका हुन । उनि मार्च ९ तारिखका दिन बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल अवतरण गर्ने कार्यक्रम छ ।

उनिसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह लगायतका कलाकार पनि नेपाल आउने आयोजक ओडीसी इन्टरनेनमेन्टले जनाएको छ ।  मार्च १० मा टुडिखेलमा राखिएको उनिहरुको कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने छ भने टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here