किराती गुरुको जन्मोत्सवको अवसरमा माङ्सेवुङ्गमा विविध कार्याक्रम

0
3837
Guru giving some valuable speech

गुरुको दर्शन गर्न देश विदेशका धर्मानुरागीको ठूलो भीड
डिकेश लामा, १९ मंसीर २०७४
मासेबुङ्ग/ इलामको माङ्सेबुङ्गमा आज किरातीहरुका गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६४ औं जन्मोत्सव तथा साँवा पवित्रहाङ्ग लिङ्देन नुमाङ्गेन्ना सेवा समारोहमा विविध कार्याक्रम सम्पन्न भएका छन् । २ दिन अघि देखि शुरु भएको कार्याक्रममा देश विदेशबाट भक्तजनहरु आएर गुरुको दर्शन तथा प्रवचन ग्रहण गर्नु भएको छ ।
    कार्यक्रममा गुरु आत्मानन्द लिङ्देनले किरातीहरुले बोलीचाली, खानपान र आचारण सुधारमा थप जोड दिनु पर्ने बताउनु भयो । गुरुले माङसेवुङ्ग क्षेत्र विकासका लागि सवै भक्तजनले जोड दिदैं आएको र थप सहयोग गरे माङ्सेबुङ्ग किरातहरुको ठूलो धार्मिक उदगम स्थल बन्ने बतानउनु भयो । किरातीहरुको महागुरु फाल्गुनन्द लिङ्देनले शुरुवात गरेको धार्मिक कार्य पुरा गर्न साक्षत जिवित गुरुका रुपमा मान्दै आएका भक्तजनहरुले गुरुको दर्शन गरे चिताएको शुभकार्यहरु पुरा हुँदै आएको टाढा–टाढाबाट आउनु भएका भक्तजनहरुले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका पूर्व सांसद तथा नेकपा एमाले उर्जा विभाग केन्द्रिय सचीव बसन्त कुमार नेम्बाङ्गले किराती समूदायको विकासमा माङ्सेबुङ्गले ठूलो योगदान दिएको बताउनु भयो । अवको राज्य व्यवस्थाले सवै धर्मको विकास र संम्बर्धनमा जोड दिने बताउनु भयो । किरात चोत्लुङ अङसी माङ्गेन्ना समितिका केन्द्रिय अध्यक्ष केहेर सिं योङ्हाङको सभापतित्वमा भएको कार्याक्रममा माइनगर पालिकाका मेयर दिपककुमार थेवेले माई नगर पालिकाले मासेबुङ्ग भएर जाने रवि चिसापानी सडकखण्डका लागि १ करोड बजेट विनियोजन गरेको बताउनु भयो । मेयर थेवेले माङ्सेबुङ्ग भएर जाने सडकको नाम आत्मा लिङ्देन मार्ग भनी घोषणा समेत गर्नु पर्नेमा जोड दिनु भयो । कार्याक्रममा पूर्व सांसद आईन्द्र सुन्दर नेम्बाङ्ग, माओवादी केन्द्र केन्द्रिय सचीवालय सदस्य टंकप्रसाद आङ्बुहाङ्ग नेकपा माओवादी केन्द्र इलाम जिल्ला पोलिटव्यूरो सदस्य, धिरेन्द्र शर्मा रमन, किरात ज्योतिष महासंघका अध्यक्ष डा. चन्द्रकुमार शेर्मा, माङ्सेबुङ्ग पालिका उपाध्यक्ष सुनिता लिम्बु लगायतले जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।


       कार्याक्रमका बक्ताहरुले माङ्सेबुङ्गले नेपालकै शान्ति र शील समाज नमूनाको भूमिका निभाएको बताउनु भएको छ । पछिल्लो समय किरातीहरुको एकता र धर्मानुरागीहरुको विकासले किरातीहरुको धर्म, संस्कार सँस्कृति विश्वभर बढ्दै गएको बताइएको छ । कार्यक्रममा किरात समाज अमेरिकाका प्रतिनिधि आइत खालिङ्गले कार्याक्रम संचालक मुल समितिको नाममा गुरुको हातमा १ लाख १ रुपयाँ नगद हस्तान्रण गर्नु भयो । यस्तै म्यानमार बर्माका टोलीको तर्फबाट किरात कलेज सहयोगार्थ ४५ हजार र अन्य देशबाट आउनु भएका भक्तजनहरुले समेत ५ देखि ३० हजार नगद, घण्टी, त्रिशुल, चाँदीको श्रीेपेच लगायतका सामाग्री व्यक्तिगतरुपमा दान गर्नु भएको छ । कार्याक्रममा भारत, बर्मा, भूटान, अमेरिका, वेलायत लगायतका देशबाट राष्ट्रिय स्तरका किरात धर्मका अगुवाहरुको उपस्थित रहेको छ । कार्यक्रममा गुरु आर्शिबचन, पालम, मुन्धुम पाठ, किरातीहरुको साँस्कृति गायन, झ्याँकी, पञ्चेबाजाका नृन्य समेत प्रस्तुत गरिएको छ ।

       यसैबीच कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व मन्त्री, सांसद लगायतका शुभकामना सन्देश बाचन गरिएको छ भने १ दर्जनका हाराहारीका उच्च योगदान गर्नु भएका सामाजिक, धार्मिक तथा साहित्यिक, सगरमाथा आरोही लगायतलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ । कार्यक्रममा किरात धर्म सम्बन्धीका पुस्तक समेत विमोचन गरिएको छ । धर्म निरपेक्ष मुलुक नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु गरिएको पछि विभिन्न धर्मको विकास र संरक्षणमा थप टेवा मिल्ने बुद्धिजीविहरु बताउनु हुन्छ ।

See live video story with speech of great respected Guru speech

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here