धादिङमा बस दुर्घटना ३१ जनाको मृत्यु

0
1209

११ कात्तिक, काठमाण्डौ । सप्तरीबाट काठमाण्डौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रुबाहक बस शनिबार बिहान त्रिशुली नदिमा खस्दा ३१ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन ।

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा ११ पुरुष १० महिला र १० जना बालवालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । धादिङका प्रहरी प्रमुख एसपी ध्रुवराज राउतका अनुसार मृतकमध्ये १३ जनाको सनाखत भएको छ । सनाखत हुनेमा चन्द्रलेखा प्रमाणी, सिम्मीकुमारी झा, पार्वती चौधरी, सञ्जितकुमार झा, आदित्य यादव, ममतादवी ठाकुर, रामानन्द यादव, सुसान्त चौधरी, नरेश मुखिया, मञ्जितकुमार झा, चन्द्रवती झा, चन्द्ररेखा प्रमाणी, राजकपुर यादव छन् । उनिहरु सबै सप्तरीका हुन् । मृत्यु हुनेमा एकै घरका ६ जनासम्म छन । दुर्घटनामा घाइते भएका १५ जनाके धादिङस्थित गजुरी अस्पताल र केहीको काठमाण्डौंमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर  अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब , नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार ,  बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा  सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here