भूटानमा उच्च छवि भएका मण्डलको दाहसंस्कार गरियो

छोराको मुख हेर्न नपाई मृत्यु

0
22268

छोराको मुख हेर्न नपाई मृत्यु

कार्तिक ६ गते, २०७४/डिकेश लामा  
बेलडाँगी/भूटानमा उच्च छवि भएका भूटानी शरणार्थी व्लक मण्डलको भूटानी समूदायले नजिकै रतुवा खोलामा आज दाहसंस्कार गरेका छन् । भएको एउटा छोरा पनि दुर्घटनामा परेर गम्भीर अवस्थामा उपचारको क्रममा रहेको हुँदा भूटानी शरणार्थी शिविर व्यवस्थापनको अगुवाईमा दाहसंस्कार गरेको छ । पछिल्लो समय एक्लिएर आफन्तबाट टाढिन बाध्य भएका धेरै भूटानी शरणार्थीहरुको अवस्था नाजुक बन्दै गएको शिविर सचीव टिकाराम रसाईली बताउनु भयो । 

नेपाली भाषी भूटानीहरु देश छाडेर हिड्ने क्रममा शुरुको अवस्थामा नै नेपाल प्रवेश गरी शरणार्थीको रुपमा वेलडाँगी शिविरको सेक्टर सी/४ हट नम्बर ४४ मा बसोबास गर्दै आएका घलेले भूटानमा हुँदा मन्त्री देखि राजासम्मलाई भेटघाट गरेर जनताका विषयमा लामो समय कार्य गरेको छिमेकी तारा कम्बरले बताउनु भयो । 
          हिजो छोरालाई भेट्छु भनेर हिडेका लरेनी व्लकका मण्डलहरुको समेत अगुवाई गरेका ७१ विष्णु घलेको मृत्यु भएको थियो । मृतक घललेको आफन्तहरु शिविरमा अरु कोही नभएको कारण शिविर व्यवस्थापन समितिले दाहासंस्कार गरेको र यस्ता समस्याले दिन प्रति दिन थप समस्या सृजना गरेको प्रति सरोकारवाला निकायको ध्यान जान अति आवश्कय भएको समितिका सल्लाहकार युवराज साम्पाङ्ग राईले बताउनु भयो ।
मृतकको दुई श्रीमतिको छोरा छोरीहरु मध्ये एक जना छोरी आशा घले अष्ट्रेलियामा भएको र बाँकी सवै भूटानमा नै रहेको परिवार स्रोतले जानकारी दिएको छ । मृत्युको खवर सुनेर भूटानबाट छोरा भेट्न आउने भनिए पनि ढिलो भएको काराण आज लाशलाई दाहसंस्कार गरिएको शिविरका अर्का युवा दलबहादुर पौडेलले बताउनु भयो ।
       हालसम्म शिविरमा आफन्त नभएर मृत्यु हुनेको संख्या आधा दर्जन नाघीसकेको बताइएको छ । २ सय भन्दा धेरै संख्यामा एक्लिएका परिवारहरु रहेको अनुमान गरिएको छ । पछिल्लो समय आफ्ना आफन्तले छाडेर तेस्रो मुलुक गए पछि एक्लिएर असहज मृत्यु हुने संख्या बढिरहेकोले यस प्रति सरोकारवाला निकाय गम्भीर हुनु शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here