संचारमाध्यम मर्यादित हुन जरुरीःप्रधानमन्त्री देउवा

0
916

४ भदौं, काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवाले लोकतन्त्रमा सञ्चारमाध्यम अनियन्त्रणीय भएपनि मर्यादित हुन भने जरुरी रहेको बताएका छन् ।

पत्रकार महासंघको २५ औं महाधिवेशन काठमाण्डौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मिडियाका लागि सरकार सहयोगी बन्ने आश्वासन दिएका छन । ‘सरकारले विज्ञापन लगायत कुनै पनि विषयमा कन्ट्रोल गर्दैन ʼ देउवा भने । लोकतन्त्र र गणतन्त्रका लागि मिडियाको योगदान स्मरणीय रहेको बताउँदै देउवाले राजनीतिक दलहरु समेत मिडियाकाविरुद्ध हिड्न नसक्ने बताए ।

कार्यक्रममा सञ्चारमन्त्री मोहनवहादुर बस्नेत, एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराई, महासंघका अध्यक्ष महेन्द्र बिष्ट लगायतले सञ्चारमाध्यमले खेलेको भूमिका र चुनौतीका विषयमा धारणा राखेका थिए ।

नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनमा १५ सय प्रतिनिधी सहभागी छन् । उनिहरुले तीर्थ कोइराला, गोविन्द आचार्य वा उजिर मगरमध्ये एक जनालाई अध्यक्ष चयन गर्नेछन् उक्त समूहभित्रबाटै अन्य पदाधिकारी पनि निर्वाचित हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here