सिन्सिनटीमा संस्कृतिक कायक्रम सम्पन्न: दुई कृति विमोचित

0
3769
B.B. Poudel

हिजो अगष्ट १९ अपरान्ह, सिन्सिनटी भूटानी समुदायले भव्यता र सभ्यताको साथ संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ | साहित्य, संगीत, नृत्य जस्ता कलाका विभिन्न विधाको रोचक प्रस्तुतिको एक सुन्दर संगम जस्तो लाग्ने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार बाबु बोकोटी, स्थानीय कलाकार, गन्यमान्य व्यक्तित्व, भूटानी साहित्यिक स्रष्टाहरूको बाक्लै उपस्थित रहेको थियो |

उक्त कार्यक्रममा बि.बि पौडेलको गजल हाइकु संग्रह “उतै छाडेको मुटु” साहित्यिक कृति साथै खेम रिजालको गीति एल्बम “रिया-रिदम” विमोचित भएका छन् |

समाजसेवीको पहिचान बनाएका बि.बि पौडेल शरणार्थी शिबिरमा पेशाले शिक्षक थिए | भुट्निस कम्मुनिटी अफ सिन्सिनटी(Bhutanese Community of Cincinnati)को संस्थापक समेत सहनु भएको उनि नेपाली भाषा जोगाउनु पर्छ भन्ने उदेश्यले बिगत वर्ष देखि नेपाली साहित्य जगतमा सक्रिया रहदै आउनुभएको छ | “मेरो जन्म भूमिको सम्झनामा” साहित्यिक संगालो मार्फत साहित्य जगतमा पाइला टेकिसक्नु भएको बि.बि. को यो दोश्रो कृति हो | चर्चा भन्दा पनि कर्ममा विश्वास राख्ने यी स्रष्टाबाट भूटानी समुदायले भाषा साहित्यको क्षेत्रमा ठूलै आशा राखेका छन् | हाम्रो फोन सम्पर्कमा उनले यसरी संक्षिप्तरुपमा आफ्नो विचार फोखे –

“विगतका दुःखद परिस्थितिहरुलाई मनन् गर्दै भूटान सरकारको कुर दमनको शिकार बने पश्चात् केहि समय आफ्नै भाषा भएको देशमा बस्ने मौका मिल्यो |  समय र परिस्थितीसंग संधर्ष गर्ने क्रममा समय समयमा केहि लेखहरू लेख्ने गरेको थिएँ ।कहिले कॉही, केही लेखहरू लेखी नेपाली पत्र पत्रिकामा पनि दिने गर्थेँ जसको कारण म आफैमा हौसला बढेको भान हुन्थ्यो । तर म कुनै साहित्यकार वा रचनाकार भने होईन । म त एक भाषा र साहित्यलाई माया गर्ने भाषा र साहित्यप्रेमी, एक सर्जक मात्र हुँ । तर आज म पश्चिम क्षितीज मुनि, जहाँ नेपाली पत्र पत्रिका पाइन्न त्यहाँ छु, आफ्ना लेखहरू प्रकाशन गर्न नपाउदा एकदमै दुख लाग्यो र त्यसैले पुन: दोश्रो पुस्तक “उतै छाडेको मुटु” अगाडी ल्याएको हुँ | सस्तो प्रचारबाजी गरेर बढ्दो लोकप्रियता कायम गर्नु मेरो मतलब होईन र चहान पनि छैन। एउटा बाससम्म नभएको अवस्थाबाट यहाँसम्म आईपुग्दा पनि नेपाली भाषालाई माया गरि रहेको छु र भावि पुस्तालाई पनि सिकाउने कोसिस गरिरहेछु ।“
के.डी भण्डारी काइलोले “उतै छाडेको मुटु” उक्त कृति सम्बन्धि बोलेका थिए |

त्यसैगरी अर्का भूटानी स्रष्टा खेम रिजाल कुनै नौलो नाम होइन | उनको रिया पछिको रिया-रिदम, दोश्रो गीतिसंग्रह हिजो विमोचित भएको हो | हाल भुट्निस कम्मुनिटी अफ सिन्सिनटी (Bhutanese Community of Cincinnati)को कार्यकारी निर्देशक समेत रहनु हुने रिजाल राम्रो गीतकार हुन् | साहित्यिक प्रस्तुतिमा नाम कमाएका सर्जक लक्की राशी, अन्य साहित्यिक स्रस्टाहरू क्रमसः लिला निशा, ममता मोक्तान, आर.बी. खड्का, अर्जुन रसाइली, धर्मेन्द्र तिम्सिना क्षितिज आदि उपस्थित रहनुभएका थिए | स्मरण रहोस्, हामीले उक्त बिमोचन खण्डलाई प्रतेक्ष प्रशारण पनि गरेका थियौं | यी दुवै सर्जकलाई हाम्रो हार्दिक बधाई तथा शुभकामान |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here