भारी वर्षाको कारण नेपाल संकटमा

0
917
दमकको दिपिनी खोलाले बगाएर ल्याएको | परिचय खुल्न बाँकी

लगातारको वर्षापछि तराई भू–भाग जलमग्न छ । बाढि, पहिरो र डुबानमा परेर धेरैले ज्यान गुमाइसकेका छन् ।

रीता बुढाथोकी, काठमाडौं -श्रावण ३०, २०७४
भारी वर्षाको कारण नेपाल संकटमा छ । लगातारको वर्षापछि तराई भू–भाग जलमग्न छ । बाढि, पहिरो र डुबानमा परेर धेरैले ज्यान गुमाइसकेका छन् । लगातारको वर्षापछि तराई विद्युत आपूर्ति बन्द । बिद्युत आपूर्ति बन्द भएस“गै संचार सेवा समेत बन्द छ । संचार सेवा नै बन्द भएपछि तराईस“ग लगभग पहाडको सम्पर्क नै टुटेको छ । त्यति मात्र होइन अहिले तराईका कुनै पनि सडक प्रयोगमा छैनन् । बाढी र डुवानका कारण प्रायजसो सडक र पुल भत्किएका छन् । तराई मात्र होइन पहाडी क्षेत्रमा समेत अविरल वर्षापछि सडकहरु भत्किएका छन् । विद्युत, संचार र सडक समेत अवूद्ध भएपछि अहिले तराई क्षेत्रमा ठूलो संकट पैदा भएको छ । बाढि र डुवानमा परेकाहरुको उद्धारमा समेत कठिनाइ उत्पन्न भएको छ ।

शुक्रबार देखीको अविरल वर्षाले तराई क्षेत्रमा बितण्डा मच्चाएको छ । तराईका सबै भू–भाग डुवानमा परेका छन् । त्यति मात्र होइन तराई र केही पहाडी भू–भागका सडकहरु समेत अवरुद्ध भएका छन् । हाम्रो देशको सबैभन्दा लामो दुरीको महत्वपूर्ण मानिने पूर्व–पश्चिम लोकमार्ग खण्ड–खण्ड बनेको छ । अविरल वर्षास“गै स्थानीय खोलाहरुमा आएको बाढीले सडकहरु भत्काएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, बर्दिया लगायतका जिल्लाहरुमा पूर्व–पश्चिम लोक मार्ग सहित सहायक सडकहरु भत्किएका छन् । सडक नै भत्किएपछि केही पहाडी भू–भाग र तराई क्षेत्रमा यातायातका साधन ठप्प छन् । दाङको तुल

सीपुर–घोराही सडक खण्ड अन्र्तगत तुलसीपुरको मोतिपुरमा बाढीले सडक र पुल नै भत्काएको छ । सडक अबरुद्ध भए पछि छोटो तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैनन् । त्यस्तै, कोहलपुर–लमही सडक खण्ड अन्र्तगत बा“केको गुन्दली खोलाको पुल पनि

भत्किएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत नवलपरासीको दाउन्नेमा पहिरोका कारण शनिबारदेखि सडक अवरुद्ध छ ।  बाढी र पहिरोका कारण दाङ–नेपालगञ्ज सडक खण्ड पनि अवरुद्ध भएको छ । यति मात्र होइन तराईका अधिकांस क्षेत्रमा पूर्व–पश्चिम लोकमार्ग भत्किएका छन् । सप्तकोशी नदीमा पानीको वहाव बढेस“गै सप्तकोशी नदीको बाधमा समेत आवतजावतमा समस्या उत्पन्न भएको छ ।

अविरल वर्षापछि पहाडी भू–भागका सडक समेत अवरुद्ध भएका छन् । वर्षापछि ठाउ“–ठाउ“मा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अवरुद्ध बनेको हो । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिनको कालीखोला, चोर खोला, भालुखोला, सेती दोभान र भोर्ले लगायतका क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ । निरन्तर पानी परिरहेको र पहिरो खसिरहेकाले अबरोध हटाउन समेत समस्या उत्पन्न भएको छ । सडक अवरुद्ध बनेपछि काठमाडौंदेखि बाहिर जाने र काठमाडौं आउने यात्रुहरु समस्यामा

परेका छन् । यस्तै, पृथ्वी राजमार्गकै मुग्लिन–नौबिसे सडक खण्डको १४ ठाउ“मा पहिरो खसेको छ । मुग्लिन–नौबिसे सडक खण्ड अन्र्तगतको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाट लगायतका १४ स्थानमा पहिरो खसेको छ । तराईबाट काठमाडौं छिर्न वैकल्पिक मार्गको रुपमा रहेको वीपी मार्गको वर्दीवास–धुलीखेल खण्ड समेत अवरुद्ध भएको छ । ठाउ“–ठाउ“मा पहिरो खसेपछि बाटो अवरुद्ध बनेको हो ।

विद्युत र संचार ठप्प

निरन्तरको वर्षापछि आएको बाढीले विद्युत गृहमा असर पु¥याउ“दा तराईका सबै जिल्लामा विद्युत सेवा अवरुद्ध बनेको छ । विभिन्न स्थानका सवस्टेशन पानीले डुबाएको छ । केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई अन्धकार भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । शुक्रबार मध्यरातदेखिको निरन्तर वर्षाका कारण बिजुलीका पोल ढलेपछि तराईका विभिन्न जिल्लाहरु अन्धकार बनेका छन् । डुवानमा परेका तराईका अधिकांस जिल्लाहरु अझै पनि जलमग्न छन् । जलमग्न अवस्थामै विद्युतका पोलहरु मर्मत गरेर विद्युत आपूर्ती नियमित गर्न नसकिने प्राधि

करणको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका अनुसार खिम्ती–ढल्केबर १३२ केभी प्रशारण लाइनमा समेत समस्या आएको छ । हेटौंडा–ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेका कारण त्यस आसपासमा विद्युत आपूर्तिमा अवरोध पुगेका छ । त्यस्तै पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प छ । पूर्वी नेपालको पा“चथर लगायतका क्षेत्रमा समेत विद्युत वितरणमा समस्या उत्पन्न भएको छ ।

संचार विहिन तराई

निरन्तरको वर्षापछि आएको बाढीका कारण तराई क्षेत्रमा संचार सेवा समेत अवरुद्ध भएको छ । तराईका अधिकांस जिल्लामा नेपाल टेलिकमको नेटवर्कले शुक्रबारदेखी नै काम गर्न सकेको छैन । नेपाल टेलिकमका अधिकांस कार्यालयहरु डुवानमा परेका छन् । संचार सेवा प्रदायक कम्पनी नै डुवानमा परेपछि संचार सेवा अवरुद्ध भएको हो । पूर्वी तराईका जिल्लाहरुमा अहिले नेपाल टेलिकमका ल्याण्ड लाइन, मोबाइल फोन र इन्टरनेट पूर्ण रुपमा अवरुद्ध छन् । केही नीजि कम्पनीको टेलिफोन सेवा संचालनमा रहेतापनि विद्युत समस्याका कारण अधिकांसको मोबाइल बन्द भइसकेको छ । संचार सेवा नै अवरुद्ध भएपछि पूर्वी तराईका अधिकांस भू–भागका वासिन्दा संचार सम्पर्क विहिन छन् ।

हवाइ सेवा अवरुद्ध

अविरल वर्षापछि आएको बाढीका कारण तराई क्षेत्रका अधिकांस विमानस्थल बन्द छन् । विमानस्थालका धावन मार्ग र कार्यालयहरु नै डुवानमा परेका छन् । पूर्वी नेपालका वासिन्दाले बढी प्रयोग गर्ने विराटनगर विमानस्थल डुवानमा परेको छ । विराटनगर विमानस्थल प्रयोगमा आउन कति समय लाग्ने हो थाहा छैन । त्यस्तै, झापाको भद्रपुरमा रहेको भद्रपुर विमानस्थल समेत डुवानका कारण संचालन हुने सकेको छैन । विमानस्थल नै जलमग्न भएपछि यात्रु त समस्यामा पर्ने नै भए । स“गै डुवानमा परेकाहरुको उद्धारका लागि समेत समस्या उत्पन्न भएको छ । अविरल वर्षा पछि जलमग्न भएका तराईका भू–भागमा पानी सुक्न हप्तौ लाग्ने देखिन्छ । पानी सुकेपछि मात्र भत्किएका सडक, विजुली र विमानस्थल मर्मतको काम हुने छ । त्यसैले तराईवासीले अझै धेरै दिन सास्ती खेप्नु पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here