भारी वर्षाको कारण नेपालमा जनजीवन कष्टकार: सरकारले खोज, उद्धारको लागि गर्यो आह्वान

0
1812


नेपालको विभिन्न क्षत्रमा केही दिनदेखि लगातार परेको वर्षका कारण जनजीवन कष्टकार बनेको कारण खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन नेपाल सरकारले आह्वान गरेको छ।

विशेष गरि नेपालको पुर्वी झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,बाँके जनकपुर लगायत विभिन्न तराई क्षेत्र अभिरल वर्षातको कारण जलमग्न भई जनधनको क्षती हुनुको साथै कयौँले ज्यान गुमाईरहेका छन् |

नेपालस्थित हाम्रा सम्बादाता डेविडको अनुसार खोलाले बाँध भत्काएर गाउँ बस्दा मेची झापाको ग्रामीण क्षेत्र प्रभावित भएको छ | सुनसरी, इटहरीमा अगष्ट ११मा आएको बाडीको कारण ६ जनाले ज्यान गुमाइसकेका छन् भने गय रातिको बर्षाले घर भत्किँदा बाँके राप्ती सोनारी ४ का एकै परिवारको ३ बालिको ज्यान गयो । कम्मर कम्मर पानी जमेको कारण विमान स्थल पनि डुबानमा परेपछि उडान ठप्प भएको छ । धावनमार्गमा भने श्री एयरलाइन्सको एक्लो जहाज मात्रै पार्किङमा रहेको जानकारी आएको छ।

हालसम्ममा बाडी, वर्षा र पैरोमा परि ३३ जनाको मृत्यू भैसकेको छ | मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबारदेखि मात्रै मौसममा सुधार हुने भएकोले थप जनजीवन कष्टकार बन्ने साथै मृत्यू संख्या बड्ने अवस्था देखिन्छ |

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here