केंटकीमा किराँत संस्कृतिक भेला सम्पन्न

0
1042

लक्की राशि, वैशाख २२, २०७३ 

यही मिती २०७३ बैशाख १८ गते शनिबार ( April 30) केंटकी लुइभेलमा मन बा. लिवाइ. ज्यूको अध्क्षतामा किराँत कल्चरल सोसाइlucky1टि केंटकी (Kirat Cultural Society of Kentucky )को बृहत भेला सम्पन्न भएको छ | कार्यक्रम, बिषेश सोहि किराँत समाजका सेवासावा कृष्ण केरुङ् ज्यू को हातबाट( मंग्सेमी लसारी) दियो कलास जलाएर कार्यक्रम को थालनी गरिएको थियो भने अग्रज सेवासावा केसर मुकरुङ् ज्यूको सेवाबाट सो कार्यक्रमको समापन गरिएको थियो | सो भेलामा किराँत संस्कार र संस्कृति सम्बन्धि छलफल र बहस भए अनुरुप निकट भविष्यमा अन्य सबै  किराँत समाजसंग सहकार्यlucky गरी अघि बढ्ने सहमति गरिएको छ |  उक्त भेलामा किराँत कल्चरल सोसाइटि केंटकीका उपधय्क्ष सुक बा. दुखुन ज्यूले सारगर्भित विचार राखेका थिए |  साथै सचिव सुर्यमान राइ,कोष अधय्क्ष इन्द्र सोम्ब्हमफे ,चन्द्र लिम्बू, लक्की राशि लगायत धेरै किराँती व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो र सबैले आफ्नो बिचार राख्ने अवसर प्राप्त गरेका थिए |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here