सामाजिक सञ्जाल टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने, प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन आरोप लगाउँदै चरित्र हत्या गर्ने सामग्रीहरू पोस्ट गर्ने गरेको आरोपमा ३१ वर्षीया रमा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार खोटाङ स्थायी घर भई हाल भक्तपुर बसोबास गर्दै आएकी बस्नेतलाई प्राविधिक विश्लेषण र अनुसन्धानपछि आइतबार भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

बस्नेतको टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपमेयर सुनिता डङ्गोलविरुद्ध तथा मेयर बालेन र रवि लामिछानेको समर्थनमा बनाइएका विवादास्पद भिडियोहरू भेटिएका छन्। अदालतको आदेशअनुसार उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ।
@newsdeskusa
अर्जुन प्रधान