अर्जुन प्रधान,
विश्व चर्चित टिकटक स्टार खाबी लामेलाई अमेरिकाको अध्यागमन अधिकारीहरूले अमेरिका प्रवेश सर्त उल्लंघन गरेको आरोपमा लास भेगासको विमानस्थलमा हिरासतमा लिएका छन्।
अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (ICE) का अनुसार लामेले “स्वेच्छिक प्रस्थान” अनुमति पाएका छन् र उनी अहिले अमेरिका बाहिर गइसकेका छन्।
२५ वर्षीय इटालियन नागरिक लामे गत अप्रिल ३० मा अमेरिका प्रवेश गरेका थिए।
तर उनले भिसाको सर्त अनुसारको बसाइ अवधि उल्लंघन गरेका कारण उनीमाथि अध्यागमन उल्लंघनको कारबाही गरिएको हो।
ICE का प्रवक्ताले भनेका छन्:
“सेरिन्ज खाबाने लामे, २५ वर्षीय इटालियन नागरिक, जुन ६ मा लास भेगासको ह्यारी रिड इन्टरनेशनल एयरपोर्टमा अध्यागमन उल्लंघनको आरोपमा हिरासतमा परेका थिए। उनीलाई स्वेच्छिक प्रस्थानको अनुमति दिइएको छ र अहिले उनी अमेरिका छोडिसकेका छन्।”
लामेको आधिकारिक इन्स्टाग्राम स्टोरीमा हाल उनी ब्राजिलमा रहेको देखिएको छ।
सामाजिक सञ्जालमा एकदमै लोकप्रिय
खाबी लामे (सेरिन्ज खाबाने लामे) सामाजिक सञ्जालमा निकै लोकप्रिय छन्।
उनले टिकटकमा सरल, रमाइलो, र व्यङ्ग्यात्मक भिडियोहरू बनाएर चर्चा कमाएका हुन्।
उनको टिकटकमा १६ करोडभन्दा बढी फलोअर्स छन्।
उनी हालै मात्र इटालियन नागरिकता प्राप्त गरेका थिए।
अझै स्पष्ट छैन भविष्यको योजना
लामेको अमेरिका प्रवेशमा आगामी प्रतिबन्ध रहने वा नहुने भन्ने विषयमा भने आधिकारिक जानकारी आएको छैन।
हाल उनी ब्राजिलमा यात्रा गरिरहेका छन्।
समचार र तस्बिर अन्तर्राष्टिय् मिडियाबाट संयोजन गरि लेखिएको हो ।