“पिट्सबर्गका मिन गुरुङ सामाजिक संजाल विवादमा मुछिएपछि अमेरिका भित्रै पक्राउ”

0
10045

अर्जुन प्रधान/ग्लोबलपोस्ट

अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित पिट्सबर्गमा बस्दै आएका नेपाली मूलका मिन गुरुङलाई सामाजिक संजालमार्फत समाजमा घृणा, धाक-धम्की र मानहानी फैलाएको अभियोगमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) ले पक्राउ गरेको छ। उनीलाई पश्चिम भर्जिनियाको हन्टिङ्टन क्षेत्रमा नियन्त्रणमा लिइ राखिएको पुष्टि भएको छ।

गुरुङ लामो समयदेखि टिकटक लगायत सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका थिए। उनका सामग्रीहरूमा विशेष समुदाय जसमा नेपाली र भूटानीहरूलाइ गाली-गलौज, धम्की र सामाजिक हत्या (चरित्र हत्या) गर्ने शैली देखिएको पाइन्छ। उनका भिडियोहरूले सामाजिक सद्भावमा प्रतिकूल असर पारेको भन्दै विभिन्न समुदायका लगायत नेपाली भाषी भूटानी प्रतिनिधिहरूले चर्को विरोध जनाएका थिए।

https://arre.st/WV-1005447117/

पिट्सबर्गमा बसोबास गर्ने गुरुङविरुद्ध अनुसन्धान अघि बढाइएपछि पश्चिम भर्जिनियाको सहरमा पक्राउ गरिराखिएको स्रोत छ । उनीमाथि अमेरिकी आप्रवासन कानुन उल्लंघन, समाजमा द्वेष फैलाउने, र व्यक्तिको मानमर्दन गर्ने किसिमका अभिव्यक्तिहरू सार्वजनिक गरेको अभियोग लगाइएको छ।

पश्चिम भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले जनवारी महिनामा “सामाजिक सञ्जालको दुरुपयोग गर्दै घृणा फैलाउने गतिविधिमा संलग्न जो-कोहीमाथि कडाइका साथ कारबाही गरिने बताएका छन्। उनले संघीय निकायहरूसँग मिलेर आप्रवासन कानुनको कडाइका साथ पालना गरिने स्पष्ट पारेका छन्।https://www.facebook.com/share/1Ek8MmNBNs/?mibextid=wwXIfr

यस घटनापछि नेपाली र भूटानी समुदायका अगुवाहरूले सामाजिक सञ्जालमा संयमित र उत्तरदायी व्यवहारको माग गरेका छन्। सामाजिक माध्यमहरूमा असहिष्णुता, गालीगलौज, र चरित्र हत्या गर्नु आपराधिक गतिविधि भएको उनीहरूको भनाइ छ। साथै, कानुनी कारबाही निष्पक्ष र मानव अधिकारसम्मत ढंगले अघि बढाइनु पर्ने माग पनि गरिएको छ।

त्यसो त बर्खरै मात्र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ मे १९ मा ‘Take It Down Act’ मा हस्ताक्षर गर्दै यसलाई संघीय कानुनमा परिणत गरेका छन्। यस कानुनले कसैको अनुमति बिना उनीहरूको निजी तस्बिर वा भिडियोहरू चाहे वास्तविक होस् वा एआई प्रविधिबाट बनाइएको ‘डीपफेक’अनलाइनमा पोस्ट गर्नुलाई अपराध ठहर गर्छ।

हाल गुरुङ आईसीईको हिरासतमा रहेका छन् र उनलाई अमेरिकाको आप्रवासन अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ। यो घटना सामाजिक सञ्जालको दुरुपयोगले  कसरी कानुनी अप्ठ्यारोमा पुर्‍याउन सक्छ भन्ने एक उदाहराणीय कार्य बनेको छ । 

टिकटकमा गुरूङ जेल गएको खबरले सबै टिकटक प्रयोगकर्ताहरू खुशि का साथ सतर्क भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here