अर्जुन प्रधान, अमेरिका — नेपाली संगीत र चलचित्र क्षेत्रको उत्कृष्टतालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्न ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा नेपाली तथा प्रवासी कलाकारहरूको योगदानलाई सम्मान गर्दै विविध विधामा अवार्ड प्रदान गरियो।
आयोजकको सम्मान र स्वागत मन्तव्य
कार्यक्रमको प्रारम्भमा लोकप्रिय सञ्चारकर्मी सुमेक्षा खड्का र सुरजसिंह ठाकुरीले अत्यन्त आकर्षक ढंगले सञ्चालन गरे। उनीहरूको अनुभव, प्रस्तुति शैली र व्यावसायिकताको संयोजनले कार्यक्रमको गरिमा झनै बढायो।
त्यसपछि आयोजकमध्येका पशुपति श्रेष्ठ, गायक राजेश हमाल र लकेश श्रेष्ठले उपस्थित अतिथिहरूलाई औपचारिक रूपमा स्वागत गरे। पशुपति श्रेष्ठले स्वागत मन्तव्य दिँदै सहयोगी अतिथिहरूलाई विशेष सम्मानसाथ मञ्चमा आमन्त्रण गरे। कार्यक्रमको सांस्कृतिक सुरुवात बिरुवामा पानी चढाएर गरियो, जसले नेपाली परम्पराको गहिरो सन्देश बोकेको थियो।
समारोहको आयोजना टप शप काठमाडौंको प्रस्तुतिमा रेभेल इभेन्ट्स इंक , बुद्ध ट्याक्स एकाउन्टीङ्ग र शतिसाल ग्रुप एल . एल . सि – यू एस ए को सयुक्त आयोजनामा फस्ट टप शप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म यु एस ए आयोजना भएको थियो। यी संस्थाहरूका प्रमुख संचालकहरू क्रमशः राजेश हमाल, पशुपति श्रेष्ठ र लकेश श्रेष्ठ हुन्।
समारोहलाई सम्बोधन गर्दै आयोजक लकेश श्रेष्ठले भने नेपाली सांगितिक क्षेत्र र फिल्मी क्षेत्रमा अतुलनीय योगदान पुर्याएका चर्चित हस्तिहरुलाई अमेरिकि इतिहासमै पहिलो पटक भएको नेपाली म्युजिक एण्ड फिल्म अवार्ड एउटै ऐतिहासिक ग्लोबल स्टेजमा चर्चित हस्तिहरुलाई सम्मान गर्न पाउदा गौरवान्वित भएको र इतिहास रच्न सफल भएको बताएका छन।
राष्ट्रिय गानबाट सुरु, संगीतले सजिएको समारोह
कार्यक्रमको सुरुवात अमेरिकी राष्ट्रगान र नेपाली राष्ट्रगान बजाएर गरियो, जसले समारोहलाई औपचारिक र गरिमामय बनायो। त्यसपछि शुरु भयो एकपछि अर्को सांगीतिक प्रस्तुति — जसमा नेपाली सांगीतिक धुन र भावनाले दर्शकलाई मन्त्रमुग्ध बनायो।
दिपेश किशोर भट्टराई, मदन सिंह नेपाली, राम श्रेष्ठ, आशा कुँवर, रामजी खाँड, जेम्स प्रधान, र ग्लुमी गाइज लगायत कलाकारहरूले प्रस्तुतिहरू दिए। यसले कार्यक्रमको स्तरलाई अझै उचाइमा पुर्यायो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान
समारोहले जीवनकालसम्म योगदान पुर्याएका ओम विक्रम बिष्ट र शम्भुजीत बास्कोटालाई विशेष सम्मान प्रदान गर्यो। चलचित्र तथा संगीत विधामा उत्कृष्ट कलाकारहरूलाई अवार्ड दिइयो, जसले प्रवासमा रहेका नेपालीहरूलाई उत्साहित बनायो।
ओम बिक्रम बिष्टको योगदान :
– १० वर्षको उमेरदेखि संगीत यात्रा सुरु गरेका थिए ।
– “म मौनतामा,” “मेरो रहर,” “सुनचाँदी भन्दा,” जस्ता कालजयी गीतहरू प्रस्तुति दिएका छन् ।
– “फ्लो ” एल्बमबाट “फुटेको भाग्य” लगायत धेरै चर्चित गीत पस्केका छन्
त्यस्तै गरि वरिष्ठ गायक तथा संगीत निर्देशक शम्भुजीत बास्कोटालाई पनि सम्मान गरियो ।
शम्भुजीत बास्कोटाको योगदान :
– २,०००+ गीत र ३५५ चलचित्रहरूमा संगीत दिई सकेका छन् ।
– पहिलो नेपाली संगित श्रब्य दृश्य (म्युजिक भिडियो) “मायालु तिमी टाढा” (भुवन केसी)द्वारा गाइएको थियो ।
– “ठूला दाई ,” “करोडपति,” “प्रेम पिण्ड” का चर्चित संगीतकारमा संगीत दिएका छन् ।
– नेपाल आइडलको निर्णायक (मौषम ४) हुन् ।
– र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष पनि हुन् ।
कार्यक्रमले नेपाल र विदेशमा रहेको नेपाली समुदायलाई सांस्कृतिक रूपमा जोड्ने माध्यमका रूपमा आफुलाई प्रमाणित गरेको आयोजकको भनाइ छ ।

चलचित्र तर्फ विजेताको साथै उपस्थित रहेकाहरुमा शंकर घिमिरे-सर्वश्रेष्ठ निर्देशक (तेल भिसा), निति शाह – उत्कृष्ट नव-अभिनेत्री (ज्वाई साहेब),रिचा घिमिरे – सहायक अभिनेत्री (तेल भिसा) , प्रशान्त ताम्राकार – नकारात्मक भूमिका (ह्रस्व दीर्घ) तथा अञ्जय खड्का– सम्पादन (तेल भिसा) रहेका थिए ।
यसै गरि , ८८४८ म्युजिक एण्ड फिल्म अवार्ड युएसए को सांगीतिक माहोल झनै रंगीन बनाएको प्रस्तुति कलाकारहरूको दमदार प्रदर्शन रहेको थियो।
कार्यक्रममा दीपेश किशोर भट्टराई, सञ्जीव प्रधान, सरिष्मा अमात्य, आश्रा कुँवर, राहुल शाह, मदन सिंह नेपाली, दुर्गा गुरुङ, मल्लिका कार्की र मोहन भुसालले उत्साहजनक प्रस्तुति दिए।
यी कलाकारहरूको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो, र कार्यक्रममा उपस्थित दर्शकदर्शिकाले ताली र उत्साहका साथ स्वागत गरेका थिए। कार्यक्रमको सम्पूर्ण माहोल सांगीतिक सौन्दर्यले भरिएको थियो।
विदेशमा रहेका नेपाली संगीतका गोल्डेन स्टारहरूलाई पनि सम्मान गरिएको थियो जसमा राजु लामा(एन्जल ब्याण्ड),दिपेश किशोर भट्टराई,जेम्स प्रधान,सञ्जीव प्रधान, रीमा गुरुङ होडा, हरी कर्माचार्य ,तिलक बम मल्ल , अनिश ओकली तथा मोहन भुसाल रहेका थिए ।

त्यस्तै कलाकार, तथा संगीतकारकर्मीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा क्रमस प्रकाश गुरुङ (गायक),मदन सिंह नेपाली (गायक/संगीतकार) प्रकाश श्रेष्ठ (गायक),नारायण पुरी (निर्देशक) ,सुशील क्षेत्री (अभिनेता) ,पूजा आर. लामा पूजा चन्द (अभिनेत्री),राम श्रेष्ठ (गायक), बीमा कुमारी दुरा (गायिका) , किशोर सुब्बा ( निर्देशक ) , राजिव श्रेष्ठ (फोटोग्राफर),सपना परियार (गायिका) राजेन्द्र कर्ण (संगीतकार)तथा नुच्चे डंगोल (संगीतकार) रहेका थिए । लोक गायिका उत्कृष्टमा सुनिता दुलाल घोषित भएकी छन् ।

संगीत पुरस्कार विजेता (उपस्थित)हुनेहरुमा क्रमस राहुल शाह – लोकप्रिय कोरियोग्राफर (“आगो लाई दिन्छु”),आश्रा कुँवर – लोकप्रिय पप युगल गीत (“इतिहास तिम्रो मेरो”) ,रामजी खाँड – लोक युगल गायक (“बन्दिपुर सोल्टिनी”) तथा सुनीता दुलाल – लोक दोहोरी युगल गायिका ( ” नबोल अरु संग ) रहेका थिए । (सजना महर्जनमार्फत)
उपस्थित नभएका विजेताहरुमा कुमा सागर – उत्कृष्ट ब्यान्ड,सुसान्त केसी – गायक (“बर्दली”) ,त्रिशना गुरुङ – गायिका (“नाम के हो भन”),बाबु कृष्ण – लोक दोहोरी गायक ,केम सेन्टुरी, दीपिका बायम्बु मगर – लोक दोहोरी युगल,शान्तिश्री परियार – लोक दोहोरी गायिका,जी बब (G Bob) – र्याप (“चिल मा”)दुर्गेश थापा – लोकप्रिय गीत (“दुश्मन हेरको हेरै”),सुभ्रत आचार्य – म्युजिक भिडियो निर्देशक,अकेशा बिष्ट – मोडल (“तिमीलाई”),कृष्ण भण्डारी – सम्पादन (“एक्लै भए पनि”) तथा रुपेश थापा – छायांकन रहेका थिए ।
कलाकारहरूमा क्रमस विजय बराल – सर्वश्रेष्ठ अभिनेता (पूर्ण बहादुरको सारङ्गी), केदार घिमिरे – हास्य अभिनेता (छक्का पञ्जा ५),स्वस्तिमा खड्का – सर्वश्रेष्ठ अभिनेत्री (मेघौलिकी बेहुली), पुरुषोत्तम प्रधान – छायांकन (महाजात्रा) समीर भट्ट – नव–अभिनेता (१२ गाउँ), शम्भला– वर्षको उत्कृष्ट चलचित्र ,प्रशान्त शिवाकोटी – संगीत निर्देशक ,समीक्षा अधिकारी – पार्श्व गायिका (बोक्सीको घर),आशीष अविरल – पार्श्व गायक (पूर्ण बहादुरको सारङ्गी)आर्यन सिग्देल – सहायक अभिनेता ,पूर्ण बहादुरको सारङ्गी – ब्लकबस्टर चलचित्र, दयाहाङ राई – लोकप्रिय अभिनेता तथा रुकुम माइकोट (खुस्मा) – लोकप्रिय गीत रहेका थिए





त्यसैगरी विशेष योगदान पुरस्कार नवराज श्रेष्ठ , विशेष योगदान पुरस्कार जुबिली शेर्पा र विशेष पोषक डिजाइनर पुरस्कार शम्भु पुरी लाई प्रदान गरिएको छ। यस्तै निर्णायक विशेष पुरस्कार (Jury Award) रवि किरण अधिकारीलाई श्रेष्ठ गीतकारको रूपमा Waco, Texas बाट सम्मानित गरिएको छ।
उहाँले मानव बेचबिखनविरुद्धको भावनात्मक गीत लेखनमार्फत सामाजिक सचेतनामा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै निर्णायक विशेष सम्मान प्रदान गरिएको हो।
उहाँको कलमद्वारा सिर्जित गीतहरूले नेपाली गीत–संगीतको स्तर मात्र उकासेका छैनन्, समाजलाई संदेश दिनेसमेत उल्लेखनीय कार्य गरेका छन्।
अन्त्यमा, नृत्य र संगीत प्रस्तुति गर्ने कलाकारहरुमा क्रमस राहुल शाह (नृत्य) ,राम श्रेष्ठ ,आशा कुँवर ,रामजी खाँड ,जेम्स प्रधान र ग्लुमी गाइज रहेका थिए । त्यस्तै योगदान पुरस्कार जुबिली शेर्पा तथा निर्णायक पुरस्कार हसन राजालाई प्रदान गरिएको थियो ।
AMN-USA ले कार्यक्रमको सुरूवातदेखि अन्त्यसम्म प्रत्यक्ष प्रसारण गरेको थियो। भने enepalese लगायत अन्या मिडियाले पनि समचारमा साहयता पुर्याएको आयोजक लकेश श्रेष्ठले ग्लोबलपोस्टका सम्पादक अर्जुन प्रधानलाइ जानकारी दिनु भयो ।
पूरा भिडियो हेर्नुहोस्:
AMN-USA Live: फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए
८८४८ म्युजिक एण्ड फिल्म अवार्ड युएसए ले नेपाली कला र प्रतिभालाई विश्वसामु प्रस्तुत गर्दै सांस्कृतिक सेतुको रूपमा उदाहरणीय कार्य गरेको आयोजकले बताएका छन्।
https://youtu.be/3GJinqL29Jg?si=–t-GYFiiQR0NkOZ
