भुटानीस् अमेरिकन म्यूजिक एसोसिएसन  (BAMA) को वेबसाइट शुभारम्भ

0
105

अर्जुन प्रधान

भुटानीस् अमेरिकन म्यूजिक एसोसिएसन (BAMA) ले आइताबार आफ्ना सदस्यहरू, कलाकारहरू र समर्थकहरूका लागि एक ऐतिहासिक मोडमा प्रवेश गर्दै नयाँ वेबसाइटको औपचारिक शुभारम्भ गरेको छ। यो अवसरमा अध्यक्ष बिस्वज़ गुरूङले स्वागतम सन्देश दिँदै यस डिजिटल प्रगति बामा को भविष्य उर्जाशील बनाउने विश्वास व्यक्त गरे।र नयाँ डिजिटल अध्यायतर्फ एक निर्णायक पाइला भएको जानकारी गराए ।

कार्यक्रमको शुरुवात गणेश गजिमेरको मनमोहक वायलन प्रस्तुतीबाट भयो। यस भर्चुअल शुभारम्भमा भुटानी विशिष्ट गायक तथा संगीतकर्मीहरूको प्रस्तुतिसँगै सजीव शुभकामना मन्तव्यहरू पनि प्रस्तुत गरिए। टलमान मगर, राम गुरूङ, विष्णु रामदाम, अर्जुन रसाइली, पुष्पा गजिमेर, किशोर शिवाकोटी, अम्बर तुम्बापो लगायतका ख्यातिप्राप्त गायकहरूको सहभागीता रह्को थियो। साथै नयाँ पुस्ताका कलाकारहरू अमिर गजिमेर, अनुया तामाङ, डिक्षन्त र दिगन्त गुरुङले पनि सशक्त प्रस्तुति दिएका थिए।

जनवरी २०२५ मा नयाँ नेतृत्व आएको यता बामा ले उल्लेखनीय प्रगति हासिल गरेको छ। हालै दुईवटा भुटानी बाद्य संगित Pittsburgh विमानस्थलमा बज्ने गरी रेकर्ड गरिएको छ, जसमा लोकप्रिय गायक प्रताब सुब्बा र मयेश थुलुङको स्वर समावेश छ। साथमा ‘Board of Trustees’ को अवधारणा अघि सार्दै भिम गुरूङको नाम सार्वजनिक गरिएको छ र अरू इच्छुकलाई पनि समावेश हुन आमन्त्रण गरिएको छ।

https://cdn.fbsbx.com/v/t59.2708-21/491051507_1184450226756795_6758474414708112702_n.pptx/Website-Launch.pptx?_nc_cat=100&_nc_cb=47395efc-74c935b2&ccb=1-7&_nc_sid=2b0e22&_nc_ohc=HpMhoF-ncd8Q7kNvwGcZPw3&_nc_oc=AdmKzX6YO1c_7v8naeqLdnSbCqt6q_67_b2Y7Mj5hGVdoSrpe6Xj0cof6x-NERqeuG53l1kSfDw-IWYmKkg2hT0-&_nc_zt=7&_nc_ht=cdn.fbsbx.com&_nc_gid=AcPBTsf5w06Avo0aNPlUMA&oh=03_Q7cD2QHscJqe4MyBr3SMGDfPYfDHAByB98Uk1yVAYYAnNI1jtQ&oe=681AC57D&dl=1#no_universal_links

Global Bhutanese News,र अन्या मिडिया लाई बामा को आधिकारिक समाचार साझेदारको रूपमा चयन गरिएको छ भने छापासम्बन्धी साझेदारका रूपमा BistaDNP सँग सहकार्य गरिएको छ।

SoloZenith का विकाश राइले वेबसाइट विकासको महत्व र यसको प्रभावमाथि प्रकाश पार्दै, “नयाँ वेबसाइटले बामा का विविध कार्यक्रम, संगीत अभिलेख, र समाचारहरूलाई विश्वभर रहेका नेपालीभाषीहरूसँग जोड्नेछ,” भने। SoloZenith सँगको साझेदारीले वेबसाइटको गुणस्तर, पहुँच र विश्वसनीयता अझ सुदृढ बनाउने आश्वासन पनि उनले दिएका छन्।

सदस्यहरू देव लामा, लामिन तामाङ, र रविन बिस्टले समेत शुभकामना मन्तव्य प्रस्तुत गर्दै संस्थाको लक्ष्यमा एकताबद्ध सहयोगको आवश्यकता औंल्याएका थिए।

बामा ले डिजिटल पहुँचलाई व्यापक बनाउँदै TikTok, Instagram, LinkedIn, र X जस्ता सामाजिक सञ्जालमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। निकट भविष्यमा मोबाइल एप, युवा कलाकारहरूका लागि डिजिटल प्रस्तुति मञ्च, भर्चुअल संगीत विद्यालय, र अन्तर्राष्ट्रिय सहकार्यका कार्यक्रमहरू संचालन गर्ने योजना सार्वजनिक गरिएको छ।

https://usabama.org/

अध्यक्ष बिस्वज़ गुरूङका अनुसार, बामा को यो वेबसाइट शुभारम्भ केवल प्रविधि-अग्रसरताको संकेत मात्र नभई सांस्कृतिक जगेर्नातर्फको महत्वपूर्ण पाइला पनि हो। एसोसिएसन सबैलाई सदस्यता लिएर मिशनमा साथ दिन आह्वान गर्दै अगाडि बढेको छ।

बामा ले सबै संगीतप्रेमी, कलाकार र समुदायलाई संस्थासँग आवद्ध हुन आह्वान गरेको छ। इच्छुक सदस्यहरूले ‘Board of Trustees’ मा सामेल भई संस्थाको आर्थिक पक्ष सुदृढ गर्न सक्नेछन्। साथै आफ्ना सृजनात्मक विचार वा सहकार्य प्रस्ताव ‘artistsofbhutan@gmail.com’ मा पठाउन सकिनेछ।

https://usabama.org/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here