२११ औं भानुजयन्ती, ह्यारिस्बर्गमा सम्पन्न

0
125

अर्जुन प्रधान 

त्रिवेणी साहित्य मञ्चको आयोजनामा, २११ औं भानुजयन्ती विविध कार्यक्रमसहित ह्यारिस्बर्गमा सम्पन्न भएको छ। यस अवसरमा विभिन्न भाषाका रचनाहरू प्रस्तुत गरिएको, र समुदायका धेरै सदस्यहरूले मौलिक पहिचानको पोसाकमा सहभागीता जनाएको आयोजकले जानकारी दियो । कार्यक्रम त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने, सामाजिक अभियान्ता टेक बहादुर गुरुङ्गको प्रमुख र खेम रिजालको विषेश अतिथिमा भएको थियो ।

त्रिवेणी साहित्य मञ्चले सम्मान गर्दै

कार्यक्रमका सल्लाहकार विष्णु लुइँटेलले आदिकविको जीवनी प्रस्तुत गरेका थिए भने विभिन्न साहित्यिक सर्जक र गायकहरूले साङ्गेतिक कोसेली प्रस्तुत गरे जसमा अगम गुरुङ, टुंगानाथ उपाध्याय, अमृता शर्मा, सरिता सुनुवार, कुन्ती गुरुङ, अन्तरा उपाध्याय, गुञ्जन उपाध्याय, र सौगात तिम्सिना समावेश थियो। 

त्रिवेणी साहित्य मञ्चले समाजसेवी टेक बहादुर गुरुङ, गायक तथा रचनाकार टुंगनाथ उपाध्याय, र देवी दहाललाई नेपाली भाषा, साहित्य, र संगीतमा अतुलनीय योगदान पुर्याए बापत उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरेको थियो।

मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले उपस्थित सबैलाई स्वागत मन्तव्यका साथ सम्बोधन गरे। कार्यक्रममा प्रमुख सल्लाहकार नारद अधिकारी, स्थानीय सरकारी कर्मचारी टम कोनोली, डा. खेम अधिकारी, डा. रमेस खड्का, रतन गुरुङ, तेज मिस्र, डि.बि. राई, के. बि. चौहान, र विभिन्न समाजका अगुवाहरूको बक्लो उपस्थित रहेको समारोहमा कर्णप्रिय स्वरकी धनी नारी स्रष्टा बसुधा रिजाल र इन्दुश्री चौहानले सामूहिक रामायण वाचन गरे भने बाल प्रतिभा रिगम र रिया रिजालको कविता वाचन शैलीले दर्शकहरूको मन जितेको थियो। मञ्चका सचिव नारद आचार्य”सुदामा” ले कार्यक्रम सञ्चालन गरेका थिए। 

मञ्च द्वारा सम्मानित टि बि गुरुङ्ग्ले साहित्यको माध्यमबाट धेरै भन्दा धेरै समुदायलाई जोड्न सकिने कुरा मन्तव्यको क्रममा जनाउनु भएको थियो । आफु साहित्य मञ्चले सम्मान गरेकोको खुसी व्यक्त गर्दै आफु माथि जिम्मेवारी थपिएको कुरा व्यक्त गर्नु भयो ।

त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलाले “साहित्यको माध्यमबाट बहुजातीय , बहुभाषिक तथा बहुसँँस्कृतिक समुहलाई एउटै माला उनेर भाषा र साहित्यको  प्रवर्द्धन , गर्न सकिने कुरामा जोड दिनु भएको थियो । अबको साहित्यिक यात्रा फुटेर हैन जुटेर अघि बढ्नु विकल्प नरहेको मत जाहेर गर्नु भएको थियो । आज विभिन्न भाषा रचना सुन्न पाएको आफु सबै प्रति आभारी रहेको र भविस्यमा अझ ओझिलो कार्यक्रम ल्याउने कुरा राख्दै सबै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको इतिश्री गर्नु भएको थियो ।

समारोहको अन्त्यमा, त्रिवेणी साहित्य मञ्चले भविष्यमा अझ ओझिला कार्यक्रमहरू ल्याउने वचन दिएर धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here