रिपोर्टर्स क्लब अमेरिकाले एनसीसी अमेरिकाका शिर्ष पदाधिकारीहरुसंग संयुक्त बहस कार्यक्रम गर्दै

0
67

रिपोर्टर्स क्लब अमेरिका,

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको बार्षिक समिक्षा विषयक साक्षात्कार तथा बहस कार्यक्रम हुने भएको छ । अमेरिकामा स्थापित नेपाली संचार गृह रिपोर्टर्स क्लव अमेरिकाले यहि मे २५ तारिक एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडे सहितका शिर्ष पदाधिकारीविच संयुक्त रुपमा साक्षात्कार तथा बहस कार्यक्रम राख्ने भएको हो ।

मे २५ तारिक साँझ ७ बजे सुरु हुने कार्यक्रममा अध्यक्ष बञ्जाडे सहित एनआरएनए एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी र कोषाध्यक्ष सरोज सिग्देल अतिथीका रुपमा सहभागी हुँदैछन् ।

एनआरएनए एनसिसि अमेरिका मिडिया टाक्स फोर्सको समर्थन सहितको साथमा आयोजना हुन लागेको यस कार्यक्रम सबैको सहजताका लागि भर्चुअल माध्यम जुम मार्फत हुने छ । रिपोर्टर्स क्लब अमेरिकाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम एनआरएनए विगत १ बर्षदेखी हाल सम्मको समिक्षामा केन्द्रित हुने छ जहा लामो समयदेखी एनआरएनए अमेरिकाका गतिविधिहरुमा सक्रिय पत्रकारहरुको सहभागीता रहने छ , जसले अथितीहरुसंग जिज्ञासा सहितका नेपाली समुदायसंवद्ध प्रतिनिधी प्रश्नहरु राख्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here