आगामी भाद्र १५ (अगस्ट ३१) मा ग्लोबल भुटानी संगठनको चौथो वार्षिक सम्मेलन हुँदै

0
43

भुटनीजहरुद्वारा सञ्चालित ग्लोबल भुटानी संगठन (जीबीओ) को चौथो वार्षिक सम्मेलन यही २०८१ सालको भाद्र १५ गते (अगस्ट ३१) मा अमेरिकाको सेन्ट्रल ओहायोस्थित रेनोल्ड्सबर्ग सहरमा हुने भएको छ । जीबीओदा्वारा पूर्वी नेपालका बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा भुटानी शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा र अन्य राहत कार्यक्रमका लागि सहयोग गर्दै आएको छ ।

पूनर्वासका लागि विश्वका आठ देशमा गएका नेपाली भाषी भुटानी समुदायका विभिन्न संस्थाहरूसँगको समन्वयमा जीबीओले सम्मेलन गर्न लागेको अध्यक्ष डिबी राईले बताएका छन् । राइका अनुसार ओहायो–बिसिसिओ, सेन्ट्रल ओहायो–केसिसिओको किराँत समुदाय, हिमालयन केयर सेन्टर, मेडिना होम हेल्थकेयर एलएलसी, फेसन बजार, होलसेल बजार, सोलो, मेडिकल ट्रान्सपोर्टेसनलगायतले सहयोग गरेका छन् ।

जिबिओले वार्षिक सम्मेलनका लागि आयोजक समिति पनि गठन गरेको छ । समितिमा डिबी राई, मित्र सुवेदी, धर्मिन्द्र तिम्सिना, सुदर्शन प्याकुरेल, बिबी पौड्याल, अर्जुन रसाइली, काशी अधिकारी, मेघनाथ अघिकारी, देवाशिष पौडेल, कुल चेम्दोङ, डिके याम्फु, राजु लिवाङ, आरबी खड्का, सविन धिमाल, शान्ता लामा, रमण धिमाल, डिबी अधिकारी, गोमा मिश्र, तोया आचार्य, राज प्रधान, विश्वास गुरुङ, डेम्जोङ साम्पाङ, चन्द्र सिटौला, भगत राई, विनय लुइँटेल, मिङ्मार तामाङ, कुविर अधिकारी, सोम ढकाल, झलक अधिकारी, अशोक गुरुङ, भीम गुरुङ, तरण तिवारी, विष्णु खड्का, गंगा तिवारी, हर्क सुब्बा, द्रौपदी प्रधान, शिवलाल दाहाल, इन्द्र गुरुङ, दीपक गिरी, पूर्ण राई (रञ्जु राई), शान्ता मगर, अर्जुन प्रधान, जंग कालिकोटे, मुकेश गुरुङ, जगन्नाथ अधिकारी, रञ्जित प्रधान र आनन्द विष्ट रहेका छन् ।

उक्त सम्मेलनमा परियोजना प्रस्तुतीकरण, वार्षिक प्रतिवेदन, बेलडाँगी, दमक, झापा र पथरी शनिश्चरेमा शरणार्थी बालबालिकाको शिक्षा, पोषण, स्वास्थ्य सेवा, र राहत सहयोग कार्यक्रमहरूका विषयमा छलफल हुनेछ । सम्मेलनमा भुटानी र नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति, जीबीओका सहयोगी दाताहरू, साझेदार संस्थाहरू, स्वयंसेवकहरू, प्रायोजकहरूलाई सम्मान गर्ने कार्यक्रम छ ।

जीबीओले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, न्युजिल्यान्ड, बेलायत र संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित आठ भुटानी समुदायसँगको सहकार्यमा प्रारम्भिक बाल शिक्षा कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आएको छ डीबी राइले बताएका छन् । चार वर्षदेखि पूर्वी नेपालका बेलडाँगी, श्रीबाटिका बाल विकास केन्द्र, पथरी शनिश्चरे शिविरमा स्वास्थ्य सेवा, विपद् व्यवस्थापन साथै राहत सहयोग गर्दै आएको जीबीओका अध्यक्ष राईले बताएका छन् ।

जीबीओले विभिन्न ठाउँमा बसेका नेपालीभाषी भुटानी समुदायका आफ्ना साझेदार संस्थाहरूको सहयोगमा शिविरहरूमा मानवीय परियोजना सञ्चालन गर्दै आएका भने हालसम्म नेपाली रकम १ करोड ८८ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेको छ ।

भुटानी शरणार्थीहरूको पुनर्वासपछि, इतिहासमा यो पहिलोपटक हो, ७० भन्दा बढी नाफा, गैर–नाफा, व्यापार र सांस्कृतिक संस्थाहरू एवं दाताले जीबीओका परियोजनाहरूमा आर्थिक सहयोग विस्तार गर्दै आएका छन् । बालबालिकाहरूका लागि बालनपोषण कार्यक्रम, स्वास्थ्य हेरचाह सहित झापा र मोरङ्गमा जीबीओले २४ जनालाई रोजगारी दिइसकेको छ भने नेपालका शरणार्थी शिविरमा भैपरी आउनसक्ने विपद् र शोकको घडीमा धेरै जोखिममा परेका पीडित परिवारहरूलाई राहत सहयोग प्रदान गर्दै आएको जीबीओले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here