नक्कली शरणार्थि काण्डको पिआईबीद्वारा निन्दा

0
282

जेठ ४/
तेस्रो देश पुनर्स्थापना पछि बाँकी रहेका भुटानी शरणार्थिहरु पुर्वि नेपालका शिबिरमा कष्टकर जिवन बिताईरहेका बेला अपराधिहरुले नक्कली भुटानी शरणार्थि काण्ड श्रीजना गरेको पिस ईनिसियसिभ भुटान (पिआईबी)ले आरोप लगाएको छ । यस्तो किसिमको अपराधको निन्दा गर्दै पिआईबिले यो काण्डले सक्कली भुटानी शरणार्थिहरुलाई ठुलो क्षति पुर्याएको भन्दै घटनको निश्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।
पिआईबीका तर्फबाट आरती चापागाईंले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो कार्यले गैरभुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको जनाएको छ । बिज्ञप्तिमा पीआईबीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीलाई विधको शासन कायम गर्न र नेपालको न्याय प्रणालीको अन्तर्राट्रिय विश्वास पुनःस्थापित गर्न दृढतापुर्वक उभिन पनि माग गरेको छ ।
गैरभुटानीहरूलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो धनराशीको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति पिआईबीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
पिआईबीको बिज्ञप्तिमा बाँकी भुटानी शरणार्थीहरुको समस्या र संकटका मुल कारणहरुको समाधान खोज्न तर्फ तत्काल परामर्शको खाँचो रहेको जनाईएको छ भने भुटानमा शान्ति स्थापना र मेलिमलाप प्रयासमा सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई र्आग्रह समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here