स्वदेश फिर्तीको लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भुटान स्वतन्त्र मञ्चको पत्र

0
165

बैसाक १०/
भुटानी शरणार्थीहरुको स्वैच्छिक तथा सम्मानजनक स्वदेश फिर्तीको लागि पहल गरिदिन शरणार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएका छन । भुटानी स्वतन्त्र मञ्चले आज पठाएको पत्रमा बिगत ३० बर्षदेखि रहेको शरणार्थी समस्याका बिषयमा नेपाल भुटानबीच १५ औं चरण सम्म वार्ता भइसकेको स्मरण गराउँदै सार्थक र परिणाममुखी वार्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा जाने सम्भावना बढिरहेको बेला जनमञ्चले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो । जनमञ्चका महासचिव धनबीर सुब्बाद्धारा हस्ताक्षरित पत्रमा भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरु मध्ये स्वदेश फिर्तीलाई वेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिइएका कारण अमेरिका, अष्टेलिया, क्यानडा लगायतका ८ वटा मुलुकमा १ लाख १३ हजार ५ सय शरणार्थी पुनर्वासमा गएका पनि उल्लेख छ । झापा र मोरगंका शिविरमा लगभग ६ हजार ५ सय भुटानी शरणार्थीहरु अहिले विभिन्न समस्याहरुसँग जुध्दै कष्टकर जिवन बिताइरहेको पनि पत्रमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here