आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपालको क्लीनस्वीप

0
255

कप्तान रोहित पौडेलेको शानदार इनिङप्रेरित नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्लीनस्वीप गरेको छ । अन्तिम खेलमा च्याम्पियन स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेंगै नेपालले श्रंखलाका ४ वटै खेलहरु जितेर क्लीनस्वीप गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आज स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १०१ बलमा सात चौका र चार छक्कासहित अविजित ९५ रनको इनिङ खेलेका हुन् ।

नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नवौं विकेटका लागि रोहित र करण केसीले नवौं विकेटका लागि ७५ रनको ऐतिहासिक साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए । रोहित र करणको नवौं विकेटका लागि साझेदारी गरेको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि यो कीर्तिमान सोमपाल कामी र सन्दीप लामिछानेको नाममा रहेको थियो ।

उनीहरूले नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ मा ४१ रनको साझेदारी गरेका थिए । नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।

यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए । यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो ।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न बाँकी आठवटै खेल जित्नुपर्ने दबाब छ । नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ ।

त्यसपछि नेपालमै हुने अन्तिम शृंखलामा पीएनजी र यूएईसँगै त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने छ । नेपाललाई एकदिवसीय मान्यता जोगाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here