बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतको आयकर विभागले मार्‍यो छापा

0
252

काठमाडौं। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको नयाँ दिल्ली र मुम्बईस्थित कार्यालयमा भारत सरकारको आयकर विभागले छापा मारेको छ । आज कर कार्यालयको ६० देखि ७० जनाको टोली बीबीसीको कार्यालयमा पुगेर सिल गरिदिएको हो ।

भारतीय मिडियाका अनुसार छापा मार्ने क्रममा बीबीसीका कर्मचारीहरूको फोन पनि बन्द गराइएको छ ।साथै यस अवधिमा उक्त कार्यालयमा कसैलाई पनि आवतजावत गर्न दिइएको थिएन ।

बीबीसी इन्डियाको व्यवस्थापनले यस घटनाबारे बेलायतस्थित लन्डन कार्यालयमा पनि जानकारी दिइसकेको बताइएको छ । भारतीय आयकर विभागले भने बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप लागेको थियो । जसकारण सर्भेका लागि त्यहाँ पुगेको कर कार्यालयले जनाएको छ ।

यस्तै आज अपराह्न बीबीसी हिन्दीले दिल्ली र मुम्बइ कार्यालयमा आयकर अधिकारीहरू रहेको र आफूहरूले उनीहरूलाई सहयोग गरिरहेको आशयको समाचार प्रकाशन गरेको छ ।

साथै छिट्टै यो अवस्था सामान्य बन्ने आशा गरेको पनि बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले भने यस घटनालाई अघोषित आपतकाल भनेको छ ।

यससँगै कंग्रेस लगायत विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । यो कारबाहीमा कम्पनीको तर्फबाट पहिलो बयान सार्वजनिक भएको छ ।

बीबीसीले आफूहरूले अनुसन्धानमा पूणर् सहयोग गरिरहेको बताएको छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने पनि आफूहरूले अनुमान गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here