प्रचण्डको भारत भ्रमण राष्ट्रपति निर्वाचनपछि मात्रै

0
214

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने तयारी भएको छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने तयारी भएको थियो ।

तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उहाँको  भ्रमण पर धकेलिएको बताइएको छ ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। प्रचण्डसँग क्वात्राले हिजो भेटवार्ता गर्नुभएको थियो । अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै  राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ ।

आगामी २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का गरिएको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए ।

त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here