रास्वपा तत्काल सरकारमा नजाने, केन्द्रिय समिति ४० सदस्सीय पुग्यो

0
105

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टी कार्यालय, बसुन्धरामा आज  बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निणर्य गरेको छ । गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएपनि समर्थन फिर्ता लिएको छैन ।

चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको  बैठकले उपचुनाव घोषणाको स्वागत गर्दै चुनावमा जान तयार रहने निणर्य गरेको छ । चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निणर्य नभएपनि सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद नरहेको बताइएको छ ।

यसैबीच, (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो । सिफारिस भएका १०० जनाको नामबाट १६ जनालाई मनोनित गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। अब केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

रास्वपाका अनुसार बैठकले निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल, विन्दवासिनी कंसाकार, रूपा शंकर, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं,  विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट,र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here