संसदमा राष्ट्रपतिको सम्बोधन- औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य होस्

0
110

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् । 

शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले घटना भएपछि पुग्नुभन्दा घटना हुन नदिनु नै सरकारको दायित्व भएको बताएकी हुन् । 

शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ भएकाले मात्र राम्रो प्रतिफल दिन सक्ने भन्दै उनले स्वास्थ्यकर्मीको परिचालन, स्वास्थ्य सामग्री र औषधिको नियमित उपलब्धताले मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने बताइन् । 

औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने उनको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here