साफ यू-२० महिला च्याम्पियनसिपः बंगलादेशसंग नेपाल ३—० गोल अन्तरले पराजित

0
136

साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ ।

बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ । बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए  । त्यसपछि खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरे ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो ।

बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाललाई बंगलादेशले ३-१ ले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here