विप्लवको दाबीः विदेशीको निर्देशनमा नेपालको सरकार बन्छ, अर्थतन्त्र केही घरानाको कब्जामा

0
124

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताएका हुन्।

नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था नभएको बताउदै उनले त्यसको समाधान चुनाव र सत्ता हेरेफेरमात्रै नभई व्यवस्था पविर्तनकै आवश्यकता रहेको बताए। 

उनले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको समेत बताएका छन् । ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए।

पार्टीको केन्द्रीय कमिटी बैठकको निणर्य जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए।

शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको उनको भनाई छ । यस्तै नेपालीको मुकुण्डो खडा गरेर एमसीसी, र एसपीपीका बिषय आईरहेको बताउदै उहाँले ती सम्झौता कदापी स्वीकार्य हुन नसक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here