टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा १५ सय बढिको मृत्यु

0
171
People gather around a collapsed building in Pazarcik, in Kahramanmaras province, southern Turkey, early Monday, Feb. 6, 2023. A powerful earthquake has caused significant damage in southeast Turkey and Syria and many casualties are feared. Damage was reported across several Turkish provinces, and rescue teams were being sent from around the country. (Depo Photos via AP)

टर्कीमा साेमबार गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ सय भन्दा बढीको मृत्यु भएको छ । टर्की र छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १५ सय भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ। भूकम्पमा परी हजारौं घाइते भएका छन् ।

टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयअनुसार बिहान सवा ४ बजे ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ । टर्की सरकारले आपतकालको घोषणा गरेको छ । पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको जानकारी दिएको छ । टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको थियो । टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा तीन सय बढीको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय डेभलपमेन्ट एजेन्सीलाई सहयोग पुर्‍याउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

ह्वाइट हाउसका सुरक्षा सल्लाहकार जेक सुलिभनले टर्की र सीरियामा गएको भूकम्पले अमेरिका चिन्तित भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here