राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड र एपीएफको विजयी सुरुआत

0
162

न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले सुखद् सुरुआत गरेको हो ।

न्यु डायमन्डले आर्मीलाई २५-२०, २५-१४ र २५-१० ले हराएको हो । जितसँगै न्यु डायमन्डले पहिलो खेलमा तीन अंक जोडेको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

त्यस्तै, आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद् सुरुआत गरेको छ । एपीएफले पुलिसमाथि २५-२०, २५-२१ र २५-२१ को जित निकालेको हो ।

जितसँगै एपीएफले पहिलो खेलबाट तीन अंक जोडेको छ । पुलिसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्नेछन् । यस्तै, दोस्रो खेलमा पुलिस र न्यु डायमन्डबीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here