राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले दिईन् उम्मेदवारी

0
257

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन्। आईतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको थियो । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ ।

पार्टीको संसदीय समितिको बैठकले उपाध्यक्ष पदमा उर्मिला अर्याललाई समर्थन गर्ने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले जानकारी दिए।

विपक्षी कांग्रेसले उम्मेदवारी नदिने भएपछि अर्याल निर्विरोध हुने सम्भावना प्रबल देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here