गृह मन्त्रालय छाड्न रवि तयार, तर पार्टीले पाउनुपर्ने माग

0
190

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आज बिहान लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताएको स्रोतले जनाएको छ । जवाफमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीले समेत दावी गरेकाले सहमति खोजिनुपर्ने जवाफ दिएको स्रोतले जनाएको  हो।

तर,लामिछाने आफैले गृहमन्त्री पाउनुपर्ने अडानबाट भने पछि हटेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन भनेपनि प्रधानमन्त्री दाहालले दोहोरो नागरिकताको विषय विवादित रहेको र अदालतको पूणर्पाठ समेत आउन बाँकी रहेकाले तत्काल त्यो संभव नभएको अडान राखेका थिए।

माओवादी केन्द्रका पदाधिकारीहरूले समेत पुनः लामिछानेलाई गृहमन्त्री नबनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए । 

आफू नभए आफूले भनेका व्यक्तिलाई लामिछानेले गृहमन्त्री बनाउन आग्रह गरेको जनाइएको छ ।  प्रधानमन्त्री दाहालले भनृ गृहमन्त्रालय आफूले पाए माओवादीले चलाई रहेका अर्को जुनसुकै मन्त्रालय दिने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ। लामिछानेले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here