रविले पाए पुन: नेपाली नागरिकता

0
240

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका लामिछानेले आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गरेका हुन्। 

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।

गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका लामिछाने नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here