राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

0
262

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन्।

राष्ट्रियसभा उपाध्यक्ष पद २०७८ फागुन २१ देखि रिक्त छ ।

गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

आजको बैठकमा शिक्षामन्त्री शिशिर खनालले पेश गरेको नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।

सभाको अर्को बैठक माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here