आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

0
238

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड  प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ ।आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

ओमानमा भएको चार देश सम्मिलित टी-२० क्रिकेट श्रृखलामा आसिफले आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भएपनि फिल्डरसँग ठोक्किएका कारण उनले गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here