प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधी सुदुरपश्चिमलाई

0
167

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा आज भएको फाइनलमा प्रदेश-१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।

सुदुरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन । कविता जोशी १९ रनमा अविजित रहिन् । डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन जोडिन ।

प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here