अमेरिकामा १५औं चरणको मतदानमा सभामुख चुनिए म्याककार्थी

0
220
Newly elected Speaker of the US House of Representatives Kevin McCarthy holds the gavel after he was elected on the 15th ballot at the US Capitol in Washington, DC, on January 7, 2023. - Kevin McCarthy's election to his dream job of speaker of the US House of Representatives was secured through a mix of bombproof ambition, a talent for cutting deals and a proven track record of getting Republicans what they need. He only won election as speaker after they forced him to endure 15 rounds of voting -- a torrid spectacle unseen in the US Capitol since 1859. (Photo by OLIVIER DOULIERY / AFP) (Photo by OLIVIER DOULIERY/AFP via Getty Images)

काठमाडौं। अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन्। १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन्। सभामुख चयनका लागि ४२८ भोट खसेको थियो ।

जसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गर्दा डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरेका थिए। तदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए जसलाई पक्ष/विपक्षमा नलिई ’प्रिजेन्ट’ मा गनिन्छ ।

नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन्। हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् ।

समाभुख चुनिनका लागि २१८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५औं चरणसम्म मतदान गर्नुपरेको हो । यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा उहाँलाई मत दिन तयार भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here