अमेरिकामा ११ पटक मतदान गर्दा पनि सभामुख टुंग्याउन सकस, रिपब्लिकन उम्मेदवारले पाएनन् आफ्नै सांसदको मत

0
259

काठमाडौं। अमेरिकी तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स)मा ६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेका छैनन् ।

अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । यसअघि हिजो भएको  मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुनः निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् ।

नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् ।

रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताए । लगातारको मतदानबाट पनि सभामुख चयन हुन नसकेपछि सदन शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो । यो अवधिमा राष्ट्रपति पदका लागि ४४ पटक मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here