सत्ता गठबन्धनः न्यूनतम साझा कार्यक्रम ५ दिनमा तय गर्ने, संयोजक बने ओली 

0
210

काठमाडौं। सत्ता साझेदार राजनीतिक दलहरूले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएका छन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

प्रत्येक दलबाट सो समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले बताए। उनलेमन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए।  मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने उनको भनाइ छ ।

मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेको भनाई थियो ।  मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ छ । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।

त्यस्तै, प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकार गठनबारे पनि दलहरूबीच छलफल भइरहेको छ । ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि नै हुने लामिछानेले जानकारी दिए। प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३-३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ । सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन् । तीन स्वतन्त्र सांसदले पनि एक/एक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here