गठबन्धन राष्ट्रहितमा छैन, भत्किनुपर्छ: पोखरेल

0
145

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन्।

प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताए।

गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको बताए।

भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए। तर, गठबन्धन तोडेर कांग्रेस वा माओवादी केन्द्र आए छलफल गर्न सकिने उनको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here