काभा यू–२३ भलिबल: नेपाल लगातार दुई खेलमा पराजित

0
191

काठमाडौं। काभा यू–२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजोदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो सेटमा पराजित भयो।

ब्लक र रिसिभमा निरीह देखिएको नेपाल क्रमशः २६–२४, २५–१८, २५–१७ को नतिजामा पराजित भयो । पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो । 

पहिलो सेट २६–२४ को पराजय भोगेको नेपाल नेपालले दोस्रो सेटमा २५–२२ मा सीमित भयो । नेपालले अन्तिम सेटमा २५–२१ ले पराजित भएसँगै नेपालले अंक जोड्ने मौका गुमाएको थियो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ गतेसम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ । नेपालले लिग चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्ने छ ।

नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो । दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here