कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल, भारतमा पनि उच्च सर्तकता

0
139

काठमाडौं। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् ।

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ । सन् २०२० देखि ’शून्य कोभिड नीति’ जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।

राष्ट्रपति सी चिनफिङको ’शून्य कोभिड नीति’ विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् ।

जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण ’चिन्ताजनक’ भएको बताए। उनले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गरेका छन्।

यस्तै चीनमा कोरोनाको भयावह स्थिती बन्दै गएपछि विभिन्न देशहरुले विश्वव्यापी महामारीको खतराका रुपमा पूर्व तयारी शुरु गरेका छन । चीन, जापान र दक्षिण कोरियामा कोरोनाको नयाँ लहर देखिएपछि भारतले पनि सतर्कता अपनाउन थालेको छ ।

भारतले बुधबारदेखि देशका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण सुरु गरेको छ भने सबै राज्य सरकारहरूलाई कोरोनाको अवस्थाबारे समीक्षा गर्न आह्वान गरेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य सरकारहरूलाई उच्च सतर्कता अपनाउन र संक्रमणको सम्भावित अर्को लहरका लागि तयार रहन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here