बेलायतमा स्कार्लेट ज्वरोले ३० हजार विरामी, १६ को मृत्यु

0
183

बेलायतमा स्कार्लेट ज्वरोले हजारौँ मानिस विरामी परेका छन्। बेलायतमा यो ज्वरोका ३० हजार विरामी फेला परेको र १६ बालबालिकाको मृत्यु भएको समाचारमा जनाइएको छ।बेलायतको स्वास्थ्य सुरक्षा संस्थाले गत साता मात्रै स्कार्लेट ज्वरोबाट १० हजार विरामी परेको जानकारी दिएको छ।

स्वास्थ्य संस्थाले सो ज्वरो यूरोप हुँदै अमेरिका पुग्ने चेतावनी दिन थालेका छन्।स्वास्थ्य संस्थाकी प्रमुखसल्लाहकार प्रोफेसर सुसन हकिन्सले यो निकै डरलाग्दो भएको बताए।

गार्डियनको रिपोर्ट अनुसार सेप्टेम्बर १२ यता २७ हजार मानिस यो ज्वरोबाट संक्रमित भएका छन्। ज्वरो मथ्थर हुने अनुमानविपरीत अत्यधिक मात्रामा विरामी भेटिएको जनाइएको छ।

स्थानीय अधिकारी र स्वास्थ्य सुरक्षा टोलीलाई जानकारी गराउने चिकित्सकबाट यो तथ्याङ्क आएको हो।हाल बेलायतमा पेनसिलिन र एन्टी बायोटिक औषधिको अभाव रहेको छ। साथै नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here