नेपाली क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले चार महिनामै दिए राजीनामा

0
133

काठमाडाैं। नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर चार महिनामै राजीनामा दिएका छन् ।

प्रभाकरले दिएको राजीनामा आजैदेखि लागु हुनेगरि स्वीकृत गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। क्रिकेट संघले साउन २३ प्रभाकरलाई एक बर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

तर, खेलाडीहरुको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरुलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाव दिएको जस्ता आरोप उनीमाथि थियो।

नामिबिया टूरमा एउटा पनि खेल जित्न नसकेपछि क्रिकेट संघका पदाधिकारीले तत्काल राजीनामा दिन दबाव दिएका थिए। प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन्।

प्रभाकरले नेपाली टोली सम्हालेपछि नेपालको प्रर्दशन सुरुमा लयमा भएपनि बिस्तारै खस्किदै गएको थियो । उनको प्रशिक्षणमा नेपालले केन्या भ्रमण गरेको थियो, जसमा नेपाल ३-२ ले टी-२० सिरिज जित्यो भने तीन म्याचको एकदिवसीय शृखला क्लिन स्वीप गर्‍यो ।

नोभेम्बरमा काठमाडौंमा युएईसँग तीन एकदिवसीय शृंखला खेल्यो, जुन नेपालले २-१ ले जित्यो । तर नेपालका लागि महत्वपूणर् क्रिकेट वर्ल्डकप लिग टूमा भने खराब खेल्यो ।

नामिबिया टूरमा नेपालले घरेलु टोलीसँग दोस्रो र स्कटल्याण्डसँग भएको दुबै खेल हारेको थियो। खराब प्रदर्शनका कारण खेलाडीसँग प्रभाकरको सम्बन्ध पनि बिग्रिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here